Techie IT
२०८३ असार २२, सोमबार

अध्यक्ष हर्क साम्पाङको खुला चुनौती: ‘झापा–५ मा ओली र बालेन दुवैलाई पछार्छु’


श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) दुवैलाई पराजित गर्ने दाबी गरेका छन्।

धरान उपमहानगरपालिकाका प्रमुखसमेत रहेका साम्पाङले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अभिव्यक्ति दिएका हुन्। ‘हामी केपी ओली र बालेन शाह दुवैलाई झापा–५ मा पाहा पछार्नेछौँ,’ साम्पाङले लेखेका छन्।

उनले जति नै भ्रम फैलाउने प्रयास भए पनि आफू आएर बोलेपछि एक सेकेन्ड पनि भ्रम टिक्न नसक्ने दाबी गरेका छन्।

झापा क्षेत्र नम्बर–५ पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको परम्परागत निर्वाचन क्षेत्र हो। यही क्षेत्रबाट बालेन शाह आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला साम्पाङको यस्तो चुनौती आएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट