Techie IT
२०८३ असार २२, सोमबार

गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पायो आधिकारिक मान्यता


निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ। आयोगले शुक्रबार थापालाई पार्टी सभापतिको रूपमा मान्यता दिएको हो।

नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि सहभागी विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए। सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा आयोग पुगेका थिए। आयोगले पेश गरिएका सबै कागजात (डकुमेन्ट) अध्ययन तथा मूल्यांकन गरेपछि थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिएको हो।

नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानी काठमाडौंको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट