Techie IT
२०८२ माघ ५, सोमबार

एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्षले गरे पार्टी परित्याग


नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि जाजरकोटबाट डम्बरबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सिंहको नाम टुङ्ग्याएको थियो। तर जाजरकोटका स्थानीय नेता तथा कार्यकर्ताले युवा नेता नीरज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने माग गर्दै आएका थिए। आचार्यको पक्षमा जनमत हुँदाहुँदै पनि उनलाई पन्छाएर सिंहलाई टिकट दिइएपछि असन्तुष्टि चुलिएको हो।

यही असन्तुष्टिकै बीच जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजकै मितिदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन्।

आफ्नो घोषणामा शाहीले पार्टीभित्र ‘अधिनायकवाद लादिएको’ तथा ‘नातावाद र कृपावाद’ हाबी भएको आरोप लगाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट