मनोनयनसँगै देशमा नयाँ आशाको ढोका खुल्यो: जेनजी अगुवा रक्षा बम
जेनजी आन्दोलनकी अगुवा रक्षा बमले देश निर्वाचनतर्फ होमिएको र यससँगै नयाँ आशाको ढोका खुलेको बताएकी छन्।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले लामो समयदेखि रहेको अन्योल र अनिश्चितताको यात्राले उम्मेदवारी मनोनयनपछि नयाँ मोड लिएको उल्लेख गरेकी हुन्।
जेनजी आन्दोलनपछि देशले भोगेको सङ्क्रमणकाल, अन्योल र डरका बीच लोकतान्त्रिक निकास सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न हाम्रो मात्र होइन, हरेक नागरिकको मनमा थियो । उनले लेखेकी छन्, तर हिजो सम्पूर्ण राजनीतिक दलहरूले निर्वाचनका लागि आफ्ना उम्मेदवार उठाएर देशलाई फेरि सुदृढ लोकतन्त्रतर्फ धकेलेका छन्। यही क्षणबाट आशाको नयाँ ढोका खुलेको छ।’
प्रधानमन्त्रीप्रति धन्यवाद व्यक्त गर्दै उनले थप भनिन्, “यसका लागि धन्यवाद, प्रधानमन्त्रीज्यू। तपाईं त्यो काँध हुनुहुन्छ, जसले सिङ्गो देशको भार थामिरहनुभएको छ। हजारौँ आलोचना, शंका र बोझका बीच पनि देशलाई ढल्न नदिई उभ्याइरहनुभएको छ। अब जिम्मेवारी हाम्रो हो। अब देशको भाग्य जनताकै हातमा छ। सचेत बनौँ।”



तपाईको प्रतिक्रिया दिनुहोस