प्रधानमन्त्री बालेन्द्र शाह र अर्ग्यानिक संघका व्यवसायीबिच छलफल हुदैँ
प्रधानमन्त्री बालेन्द्र शाहले आज अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार, बजारीकरण तथा निर्यात प्रवर्द्धनका विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने भएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी तथा व्यवसायीहरूसँग उक्त छलफल हुन लागेको हो।
छलफलमा सङ्घका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रिजका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुनेछन्।
नेपाल अर्ग्यानिक सङ्घ जैविक (अर्ग्यानिक) कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोगको प्रवर्द्धनमा क्रियाशील छाता संगठन हो।
प्रधानमन्त्री शाहले पछिल्लो समय उद्योग, व्यवसाय तथा उत्पादनमूलक क्षेत्रका प्रतिनिधिहरूसँग निरन्तर संवाद गर्दै आइरहेका छन्। उनीहरूले भोगिरहेका व्यावहारिक समस्या, रचनात्मक सुझाव र जायज मागका आधारमा आवश्यक नीतिगत सहजीकरण तथा दिगो समाधानका लागि प्रधानमन्त्रीले तदारुकताका साथ पहल गर्दै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस