Techie IT
२०८३ कार्तिक १४, शुक्रबार

अब बालेन र ओलीमा कुनै फरक रहेन - राजनीतिक विश्लेषक खनाल


रास्वपा नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको निर्देशनमा आज नेपाल प्रहरीले सञ्चारगृहभित्रै छिरेर पत्रकारहरू पक्राउ गरेको र धाकधम्की दिएको भन्दै राजनीतिक विश्लेषक मुमाराम खनालले कडा टिप्पणी गरेका छन्। 

शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै विश्लेषक खनालले बालेन समर्थकतर्फ लक्षित गर्दै उनीहरू (खराने ग्याङ) को तर्क पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा पनि तल्लो स्तरको रहेको आरोप लगाएका छन्। प्रहरीले गरेको आजका हर्कत बालेनको निर्देशनमा नभएको भन्दै ढाकछोप गर्न खोजिएकोप्रति व्यङ्ग्य गर्दै उनले कल्कलाउँदा युवाको हत्या हुँदा पूर्वप्रम ओलीले पनि "मलाई थाहै छैन" भनेको स्मरण गराए। 

देशमा भइरहेको यस्तो अराजक र निरङ्कुश ताण्डव नृत्यबारे जानकार नहुने नेतृत्व नालायक हुने ठहर गर्दै खनालले भनेका छन्, “मुलुकमा भइरहेको यस्तो ताण्डव नृत्य थाहा नहुने प्रधानमन्त्री वा नेतृत्व गाँजा खाओस् वा नखाओस्” त्यो गँजेडी नै हुन्छ, त्यो ओली होस् वा शाह, त्यो नालायक नै हुन्छ।"



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट