Techie IT
२०८३ श्रावण १४, बिहीबार

दबाबमा बालेन: चार महिनापछि शीतल निवास पुगेका प्रधानमन्त्रीले राष्ट्रपतिलाई के भने?


मुलुकका विभिन्न भागमा बढ्दो हिंसात्मक घटना र सुरक्षा चुनौतीबारे राष्ट्रपति रामचन्द्र पौडेलले गम्भीर चासो व्यक्त गरेका छन्। आज बिहीबार राति शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई वर्तमान जटिल परिस्थितिलाई संयमतापूर्वक साम्य पार्न र सबै राजनीतिक दललगायतका सरोकारवाला पक्षहरूसँग समन्वय गरी अघि बढ्न सुझाव दिएका छन्।

करिब १५ मिनेट चलेको संवादमा राष्ट्रपति पौडेलले पछिल्लो समय देशको अवस्था गम्भीर बन्दै गएको भन्दै प्रधानमन्त्रीलाई सचेत गराएका थिए । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, “देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुभएको हो।” जवाफमा प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारले गरिरहेको प्रयास र सुरक्षा निकायसँगको छलफलबारे ब्रिफिङ गरेका थिए।

प्रधानमन्त्रीमा नियुक्त भएपछि चार महिनासम्म राष्ट्रप्रमुखसँगको शिष्टाचार भेटलाई बेवास्ता गर्दै आएका प्रधानमन्त्री शाहले अहिलेको संकटपूर्ण अवस्थामा भने फरक शैली अपनाएका छन्। सुनसरी घटनापछि उत्पन्न आक्रोश र चौतर्फी दबाबपछि उनले बिहीबार बिहानै सुरक्षा परिषद्को बैठक बोलाएका थिए भने साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै सुरक्षाको प्रतिबद्धता जनाएका थिए। साथै, उनले परिस्थितिको गम्भीरता बुझेर गृहमन्त्री र स्वास्थ्यमन्त्रीलाई समेत घटनास्थलमा पठाएका छन्।

सुनसरी घटना र त्यसपछि मधेश प्रदेशमा समेत फैलिएको तनावलाई लिएर संसद् र राजनीतिक वृत्तबाट प्रधानमन्त्री शाहको कडा आलोचना भइरहेको थियो। संसद्मा विपक्षी दलका नेताहरूले सरकारको 'नजरअन्दाज' गर्ने प्रवृत्तिको विरोध गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेताहरूको दबाब र राजनीतिक दलहरूसँगको संवादको आवश्यकता महसुस गर्दै प्रधानमन्त्री शाह अहिले सर्वदलीय साथ र सहयोग जुटाउने प्रयत्नमा देखिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट