Techie IT
२०८३ श्रावण ९, शनिबार

उपनिर्वाचन: उदयपुरमा पाँच दलका उम्मेदवार घोषणा, २ वडाध्यक्ष पदका लागि प्रतिस्पर्धा


आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा उदयपुरका त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ का वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले आफ्ना उम्मेदवार सार्वजनिक गरेका छन्।

त्रियुगा नगरपालिका–१२ का लागि नेपाली कांग्रेसले सञ्जीव काफ्ले, एमालेले लक्ष्मी नारायण चौधरी, माओवादी केन्द्रले नविक वान्तावा, एकीकृत समाजवादीले निर्मला चौधरी, र राष्ट्रिय स्वतन्त्र पार्टीले ध्रुव पोखरेललाई उम्मेदवार बनाएको छ।

त्यसैगरी, बेलका नगरपालिका–९ मा कांग्रेसले नवराज बस्नेत, एमालेले मनोज खड्का, माओवादी केन्द्रले भरत घिमिरे र रास्वपाले तेजमान विकलाई उम्मेदवार बनाएको छ। एकीकृत समाजवादीले भने दुई दिनभित्रमा आफ्नो उम्मेदवारको घोषणा गर्ने बताएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार त्रियुगा–१२ मा ३,८०० र बेलका–९ मा ३,४०० मतदाता रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट