Techie IT
२०८२ असोज ८, बुधबार

नयाँ सरकार गठनका लागि छलफलमा कांग्रेस–माओवादी


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकारका लागि छलफल सुरु गरेको छ । 

संघीय सांसद लेखनाथ दाहालले नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक छलफल सुरु भइसकेको दाबी गरेका छन् । 

आज (आइतबार) नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले नयाँ सरकार गठनका लागि छलफल सुरु भएको दाबी गरेका हुन् ।  

उनले भने, ‘समस्या सडकभन्दा सरकारमै छ । अनियमितिता छ । सरकारमै बसेर व्यवस्थाविरोधी गतिविधि गर्नेलाई निरुत्साहित गर्ने र यो प्रक्रियाबाट बाहिर ल्याउन संघीय लोकतान्त्रिक गणतन्त्रपक्षधरहरू एक ठाउँमा उभिने सहकार्य गर्ने थालनी भएको छ ।’ 

प्रारम्भिक छलफल भएकाले आकार ग्रहण गरिनसकेको दाहालको भनाइ थियो । उनले नेकपा (एमाले)सँग भन्दा बढी छलफल नेपाली कांग्रेससँग भइरहेको बताएका छन् । 

माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको अकर्मण्यताकै कारण पूर्वराजा र उनका समर्थक सल्बलाएको अरोप लगाउँदै आएको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट