Techie IT
२०८३ श्रावण ११, सोमबार

स्थानीय तह उपनिर्वाचन: आजदेखि दल दर्ता प्रक्रिया सुरू


स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि राजनीतिक दलहरू दर्ता गर्न सक्ने भएका छन्। आगामी मङ्सीर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले बुधवार एक सूचना जारी गर्दै दल दर्ता प्रक्रिया सुरू गरेको हो।

निर्वाचन आयोगले संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ अनुसार दर्ता भएका दलहरूले यो उपनिर्वाचनमा भाग लिनका लागि असोज १६ गतेसम्म कार्यालय समयभित्र आफ्नो दल दर्ता गर्न आग्रह गरेको छ।

आयोगको सूचनामा भनिएको छ कि, दर्ता प्रक्रियामा सहभागी हुन चाहने दलहरूले "राजनीतिक दल सम्बन्धी नियमावली, २०७४" को अनुसूची १२ अनुसारको ढाँचामा दल दर्ताका लागि निवेदन दिनुपर्नेछ। दल दर्ताका लागि आवश्यक सबै कागजात निर्वाचन आयोगको कार्यालयमा पेस गर्नुपर्नेछ। देशभरका विभिन्न स्थानमा स्थानीय तहका पदहरू विभिन्न कारणले खाली भएका छन्, जसको पूर्तिका लागि निर्वाचनको आयोजना गरिएको हो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट