Techie IT
२०८२ असार ५, बिहीबार

दल दर्ता आजदेखि, ३९ स्थानमा मंसिर १६ गते निर्वाचन हुने

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्न लागेको छ।


निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्न लागेको छ।

आयोगले दर्ता गरिएका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ अनुसार आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आग्रह गरेको छ।

आयोगका अनुसार आगामी मंसिर १६ गते ३९ रिक्त पदमा उपनिर्वाचन हुनेछ। यसमा जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३, वडा अध्यक्ष ९ रहेका छन्। साथै, नगरपालिका प्रमुख १, उपप्रमुख १ र नगर वडा अध्यक्ष २१ पनि छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट