Techie IT
२०८३ जेष्ठ ११, सोमबार

बझाङमा वाइसियलको जिल्ला सम्मेलन शुरु, भोलि नयाँ समिति चयन हुने


नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसियल नेपाल (YCL) बझाङ जिल्ला समितिको सम्मेलन आज बझाङको झोता गाउँमा उद्घाटन गरिएको छ । “उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि आजको युवा आन्दोलन! सुशासन, सामाजिक न्याय, समृद्धि र समाजवादका पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन!!” भन्ने मूल नाराका साथ सम्मेलन सुरू भएको हो ।

सम्मेलनको उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बझाङ जिल्ला संयोजक रतन सिंह प्रमुख अतिथिका रूपमा सहभागी थिए । यस्तै, वाइसियल नेपालका केन्द्रिय सचिव सूर्यकला थापा र सुदूरपश्चिम प्रदेश संयोजक नरबहादुर बिष्ट विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए ।

कार्यक्रम वाइसियल नेपाल बझाङ जिल्ला संयोजक प्रेम बहादुर धामीको अध्यक्षतामा सुरू भएको हो । आयोजकका अनुसार सम्मेलन अन्तर्गत भोलि नयाँ जिल्ला समिति चयन गरी कार्यक्रम सम्पन्न गरिनेछ ।
आज सोही कार्यक्रममा नेकपा एमाले परित्याग गरि दश जना र नेपाली काँग्रेस परित्याग गरि ३ जनाले नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट