नीति तथा कार्यक्रम, थाकेको सरकारले जाँगर नल्याई ल्याएको पूरानै कार्यसूची - स्वर्णिम वाग्ले
नीति तथा कार्यक्रमको उपादेयता त्यतिबेला मात्र देखिन्छ जब निरन्तरतामा क्रमभंगता ल्याउन सकिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रभावकारितामा प्रश्न उठाएका छन् ।
आज प्रतिनिधि सभामा बोल्दै वाग्लेले, ‘नीति तथा कार्यक्रमले उपादेयता धेरै नभए पनि परम्परा धान्ने काम गरेको छ,’ भन्ने टिप्पणी गरे । उनले विगत १२ वर्षदेखि नीति तथा कार्यक्रम सुन्दै आएको जनाउँदै, ‘यो मैले १२ वर्षदेखि चाल लिएर सुन्दै आएको कुरा हो, जुन कर्मकाण्डमै सीमित छ,’ भनी प्रतिक्रिया दिएका थिए ।
उनका अनुसार, नीति तथा कार्यक्रमको उपादेयता त्यतिबेला मात्र देखिन्छ जब निरन्तरतामा क्रमभंगता ल्याउन सकिन्छ ।
वाग्लेले हालै सार्वजनिक नीति तथा कार्यक्रमबारे आफूले दिएको प्रतिक्रिया स्मरण गर्दै भने, ‘मैले भनेको थिएँ – थाकेको सरकारले जाँगर नल्याई ल्याएको पूरानै कार्यसूची हो ।’
तपाईको प्रतिक्रिया दिनुहोस