Techie IT
२०८२ असोज २, बिहीबार

राजसंस्था 'मरिसकेको बाघ' हो, सिनोमा लात हानेर प्रतिक्रिया जनाउँदा खुट्टा पनि गन्हाउन सक्छ : सांसद धनराज गुरुङ


नेपाली कांग्रेसका सांसद धनराज गुरुङले राजसंस्थालाई ‘मरिसकेको बाघ’ को संज्ञा दिएका छन्।

मंगलबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै गुरुङले २०६२/६३ सालको जनआन्दोलनपछि नेपाली जनताले राजसंस्थालाई इतिहासको पानामा पु¥याइसकेको बताएका छन्। उनले भने, ‘जनआन्दोलनका क्रममा लखेटिँदै लखेटिँदै भीरबाट लडेर मरेको बाघलाई अहिले केही व्यक्ति काँधमा बोकेर फेरि “जिउँदै छ” भनेर देखाउन खोजिरहेका छन्। तर हामी त्यसमा लागेर साँच्चै बाघ बाँचिरहेको छ कि भनेर शंका गर्नु पनि मूर्खता हो।’

सांसद गुरुङले यस्तो 'सिनो बोक्ने' प्रयासलाई व्यंग्य गर्दै थपे, ‘मरिसकेको बाघको सिनो बोकेर ल्याउनेको काँध गन्हाउँछ। अनि हामीले त्यो सिनोमा लात हानेर प्रतिक्रिया जनाउँदा, हाम्रो खुट्टा पनि गन्हाउन सक्छ।’

उनले सबैलाई यस्ता विषयमा सतर्क रहन आग्रह गर्दै भने, "खुट्टा सफा राख्न कर्म सफा हुनुपर्छ।"
गुरुङले वर्तमान परिस्थितिमा राजनीतिक दलहरू र नेताहरूले व्यवहार र कामबाट जनताको मन जित्नुपर्नेमा पनि जोड दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट