Techie IT
२०८२ वैशाख २५, बिहीबार

कहाँको ट्वाइलेटमा लडेका हुन् अध्यक्ष प्रचण्ड ?


नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएराति ललितपुरको लाकुरीभञ्ज्याङस्थित टेरेसेस रिसोर्टमा लडेर घाइते भएका बताइएको छ ।

उच्च स्रोतकाअनुसार, मंगलबार राति विश्रामका लागि टेरेसेस रिसोर्ट पुगेका प्रचण्ड त्यहीँ लडेर घाइते भएका हुन् । लडेर टाउकामा चोट लागेपछि उनलाई उपचारका लागि लगनखेलस्थित मेडिसिटी अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालमा टाउकामा तीन वटा टाँका लगाइएको र त्यसपछिको अवस्था सामान्य रहेको बताइएको छ । टाँका लगाएपछि उनी रिसोर्टबाट फर्किएका छन् । यता प्रचण्डको सचिवालयले उनले बाथरुममा लडेको पुष्टि गरे पनि कुन स्थानको बाथरुम भन्नेबारे स्पष्ट जानकारी दिएको छैन ।

प्रचण्डको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । पार्टीले औपचारिक रुपमा अवस्था सामान्य रहेको र चिन्ता लिनु नपर्ने जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट