नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा आज पनि छलफल जारी

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहीबार बिहान ११ बजे बस्दैछ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि जारी छलफललाई निरन्तरता दिइनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसयता सांसदहरूले नीति तथा कार्यक्रममा उठाइएका विषयमाथि आ–आफ्ना धारणा राखिरहेका छन् ।
आजको बैठकमा सत्तापक्ष र विपक्ष दुवैतर्फका सांसदहरूले नीति तथा कार्यक्रमबारे समर्थन वा आलोचनात्मक टिप्पणी गर्ने क्रम जारी रहने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस