Techie IT
२०८३ असार २५, बिहीबार

वाइसियल नेपाल सुदूरपश्चिम विशेष जिल्ला सम्मेलन सम्पन्न


नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसियल नेपालअन्तर्गत विशेष प्रदेशको सुदूरपश्चिम विशेष जिल्लाको भेलाबाट आदित्य दाहाल अध्यक्षमा निर्वाचित भएका छन् ।

हिजो किर्तिपुरमा सम्पन्न भेलाले अध्यक्षमा दाहाल, उपाध्यक्षमा रमेश भट्ट, सचिवमा विमल ओली, कोषाध्यक्षमा सागर गुरुङसहित ३७ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

भेलामा वाइसियल नेपालका केन्द्रीय उपाध्यक्ष मञ्जु बम सावित्रा प्रमुख अतिथि, महासचिव गणेश साही विशिष्ट अतिथि तथा सचिव नवराज ऐरको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी युवा नेताहरूले वर्तमान राजनीतिक परिस्थिति, माओवादी केन्द्रप्रति जनताको विश्वास, र युवाको भूमिकाबारे धारणा राख्दै प्रशिक्षण मूलक मन्तव्य दिएका थिए ।

नेता नवराज ऐरले भने, “युवाहरूको पार्टी भनेकै माओवादी केन्द्र हो । संगठनले आगामी सम्मेलनबाट विशेष टिम तयार गरी पार्टी राजनीतिमा नयाँ गति ल्याउने छ । ८४ को चुनावमा माओवादी केन्द्रलाई पहिलो बनाउने अभियानमा वाइसियल नेपालले अग्रणी भूमिका खेल्नुपर्नेछ ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट