Techie IT
२०८३ असोज १३, मंगलबार

भारत–पाकिस्तान विवादमा नेपाल तटस्थ रहोस् - अध्यक्ष सिर्पाली


नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसियल नेपालका अध्यक्ष सुबोध सिर्पालीले भारत र पाकिस्तानबीच जारी सैन्य तनावप्रति चिन्ता व्यक्त गर्दै नेपालले कुनै पनि पक्ष नलिइ असंलग्न नीति अनुसार सन्तुलित भूमिका खेल्नुपर्ने धारणा राखेका छन्।

आज सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष सिर्पालीले लेखेका छन्, “भारत–पाकिस्तान हाम्रा दुवै छिमेकी मुलुक हुन्। नेपालले आफ्नो असंलग्न परराष्ट्र नीतिअनुसार कुनै राष्ट्रको पक्ष वा विपक्षमा नलागी, द्वन्द्व अन्त्यको पक्षमा पहल गर्नुपर्छ।”

उनले द्वन्द्व मानव समाजका लागि कहिल्यै पनि हितकारी नहुने उल्लेख गर्दै आपसी सद्भाव, भाइचारा र मानवीयताको पक्षमा नेपालले आवाज उठाउनुपर्ने आवश्यकता औँल्याएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट