Techie IT
२०८३ श्रावण ११, सोमबार

अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनमा यस्तो बन्दै छ पदाधिकारी र सदस्य संख्या


कीर्तिपुरमा जारी अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनमा संगठनले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पेश गरेको छ।

सम्मेलनका क्रममा प्रस्तुत गरिएको विधानअनुसार, पदाधिकारीको संरचना यस्तो हुनेछ:

अध्यक्ष: १ जना (खुल्ला)
उपाध्यक्ष: ९ जना (खुल्लाबाट ४, समावेशी ५)
महासचिव: १ जना (खुल्ला)
उपमहासचिव: ९ जना
सचिव: १२ जना
कोषाध्यक्ष: १ जना
विधानमा उल्लेख गरिएको छ कि एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति, वा अन्य विशेष अवस्थाहरूमा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने छ। साथै, ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव गरिएको छ, जुन केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी रहनेछ।

सचिवालयमा प्रत्येक प्रदेशबाट एक छात्रा र एक समावेशी सदस्य सहित ५ जना र विश्वविद्यालय प्रदेशमा आबद्ध नरहेका विश्वविद्यालय समितिहरूबाट ३ जना रहने व्यवस्था गरिएको छ।

सम्मेलन बिहीबारदेखि सुरु भएको हो र आज विधान र प्रतिवेदन पारित गरी नेतृत्व चयन प्रक्रिया सुरु गर्ने तयारी छ। निर्वाचनको तयारीसँगै सहमतिको प्रयास पनि भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट