अखिल क्रान्तिकारी र त्रि.वि बिच २ बुँदे सहमती
अखिल क्रान्तिकारी क्याम्पस जिल्ला कमिटीले नेतृत्व गरेको त्रिभुवन विश्चविद्यालय भित्रको विभिन्न वेथितिका विरुद्ध विभिन्न माग राखि गरेको आन्दोलनले सफलता पाएको छ ।
हिजो देखि त्रि.वि. उपकुलपतिको कार्यालयमा आन्दोलनरत अखिल क्रान्तिकारी र त्रि.वि. विच आज दुई बुँदे सहमति भएको छ ।
सहमतिमा स्नातक र स्नातकोत्तर तह अन्तर्गत नियमानुसार भएका विद्यार्थीहरुले अघिल्लो सत्रको भर्ना भएको तर नियमित परीक्षाको फारम भर्न छुट भएको सो सत्रको आंशिक परीक्षार्थीको रुपमा परिक्षा फारम भरेको र पछिल्लो सत्रको परीक्षा फारम नियामित विद्यार्थी सरह भरी एउटै वर्षमा उक्त दुवै वर्षको परीक्षामा सहभागी भइ सबै सत्रको परीक्षा उत्तिर्ण गरेका विद्यार्थीहरुलाई परीक्षा फारम छुट भएको सत्रको भर्ना भएको स्पष्ट आधार प्राप्त भएमा प्राज्ञिक परिषद्को वैठकले निर्णय गरि आजको मितिले एक हप्ता भित्र ट्रान्सकृप्ट उपलब्ध गराउने भएको छ ।
त्यसैगरी, त्रिविको नियम विपरित क्याम्पसमा भर्ना गर्न र परिक्षा फारम भर्ने कार्य भएमा विभागिए कार्वाहि हुने सहमति भएको छ ।
त्रि.वि.को तर्फबाट विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक र परीक्षा नियन्त्रण कार्यालयका सह परीक्षा नियन्त्रकले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
विद्यार्थीको हक हितका लागि सधैभ लागिरहने र त्रि.विले सामान्य प्राविधिक समस्याहरुलाई समयमै हल नगरिदिँदा आन्दोलन गर्नुपरेको अखिल क्रान्तिकारी क्याम्पस जिल्ला अध्यक्ष प्रदिप भण्डारीले बताए ।

.jpeg)



तपाईको प्रतिक्रिया दिनुहोस