Techie IT
२०८२ वैशाख ३०, मंगलबार

खानेपानीका क्षेत्रमा जनताले महसुस गर्ने गरी काम भएको छ - खानेपानीमन्त्री यादव


 बारा । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष रूपमा देख्ने र महसुस गर्ने गरी काम भएको बताएका छन् ।

आज बाराको कलैया उपमहानगरपालिकास्थित सिस्वा महेशपुर खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दैै उनले देशभरका खानेपानीका समस्या समाधानमा सिङ्गो मन्त्रालयले काम गरीरहेको जानकारी दिए ।

उनले भने, “हामीले योजना मात्रै होइन, परिणाम देखिने कामलाई प्राथमिकता दिएका छौँ । नागरिकले अनुभूति गर्न सक्ने काममा सरकार प्रतिबद्ध छ ।” पानीको गुणस्तर, पहुँच र व्यवस्थापनमा सुधार ल्याउन मन्त्रालयले निरन्तर काम गरिरहेको मन्त्री यादवले उल्लेख गरे ।

उनले भने, “हाम्रो अबको प्राथमिकता भनेको तराई–मधेससहित देशका ग्रामीण बस्तीमा शुद्ध खानेपानी पु-याउने हो, यसका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्यमा काम भइरहेको छ ।”

आज शिलान्यास गरिएको उक्त आयोजनाले कलैया उपमहानगरपालिकाका करिब १५ हजार ५६५ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुनेसङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय वीरगञ्जका प्रमुख बिपुलकुमार दासले जानकारी दिएका छन् ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट