Techie IT
२०८२ जेष्ठ २, शुक्रबार

पर्यटन चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक सशक्त बनाउने मन्त्रीको प्रतिबद्धता


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको कुल गार्हस्थ्य उत्पादनको प्रमुख आधार रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक अपरिहार्य रहेको बताएका छन् । नेपाल वायुसेवा निगमको अन्तरराष्ट्रिय स्टेशनहरूको दुईदिने समीक्षा बैठकमा उनले राष्ट्रिय ध्वजावाहकलाई सवल तथा सक्षम बनाउन थप जहाज प्राप्ति र व्यवस्थापकीय सुधार सँगसँगै लैजानुपर्ने धारणा राखेका छन् ।

पर्यटनमन्त्री पाण्डेले आपतविपद्का समयमा नेपालको हवाई भाडामा हुने अस्वाभाविक कार्टेलिङ रोक्न निगमको हस्तक्षेपकारी उपस्थिति अत्यावश्यक रहेको र सो प्रयोजनका निमित्त पनि आन्तरिक तथा अन्तरराष्ट्रिय क्षेत्रमा उडान गर्न निगमलाई थप जहाज आवश्यक पर्ने बताउँदै सोका लागि मन्त्रालयस्तरबाट सकारात्मक सहयोग हुने धारणा राखेका थिए ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको अन्तरराष्ट्रिय स्टेशनहरूमा खटिएर जाने कर्मचारीहरू निगमको मात्र नभई समग्र देशको समेत प्रतिनिधित्व गर्ने भएकाले इमान्दारितापूर्वक निगम र राष्ट्रको अधिकतम हित हुनेगरी कार्य गर्न आग्रह गरेका थिए । उनले निगममा थप जहाज प्राप्तिका लागि जहाज लिज प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट