Techie IT
२०८३ असोज २३, शुक्रबार

हुम्ला पहिरो पीडितको तत्काल उद्धारका लागि प्रचण्डको आग्रह


नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्ला जिल्लाको बाढी–पहिरो प्रभावित नाम्खा गाउँपालिका–६ तिलगाउँमा तत्काल उद्धार र जोखिममा रहेका नागरिकको सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले हिमताल फुटेर आएको पहिरोले बस्ती जोखिममा परेको, खानेपानी, सडक र पुल जस्ता पूर्वाधारमा क्षति पुगेको र ३३ जना स्थानीय नागरिक राहत र उद्धारको पर्खाइमा रहेको अवस्थामा अझैसम्म सरकारी उपस्थिति नदेखिनु गम्भीर विषय भएको बताएका छन् ।

उनले फेसबुकमा लेख्दैँ भने, “तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपंक्तिलाई निर्देशित गर्दछु ।”

साथै, प्रचण्डले जलवायु परिवर्तनका कारण हिमताल फुट्ने खतरा बढिरहेको भन्दै यस्तो विषयको बहस राजधानीमा मात्र सीमित नराखी वैज्ञानिक अध्ययन र स्थानीय पूर्वतयारीमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट