माओवादी केन्द्रका अध्यक्ष' प्रचण्ड'ले गरे सर्वदलीय बैठक आह्वान
अविरल वर्षा, बाढी, पहिरो, र त्यसबाट उत्पन्न विपद्बारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वदलीय बैठक आह्वान गरेका छन्। उक्त बैठक आज बिहान १० बजे नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने तय गरिएको छ। बैठकमा विपद्को परिस्थितिबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।
यसैगरी, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक आह्वान गरेका छन्। दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी बोलाइएको बैठकमा बाढी, पहिरो, तथा त्यसले पारेको धनजनको क्षति, उद्धार, र राहतका विषयमा छलफल हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस