Techie IT
२०८२ जेष्ठ १४, बुधबार

सुदूरपश्चिम वाइसीएल सम्मेलन अझै अधुरो, कार्यकर्ताको आवाज सुन्ने को ?


हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रको साहायिक संगठन, योङ कम्युनिष्ट लिग (YCL) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन यही जेठ १८ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । 

सम्मेलन केन्द्रमै मात्र नभई देशका सबै प्रदेशस्तरीय कमिटीहरूमा पनि प्रदेश सम्मेलनहरू सम्पन्न भएका छन् । यद्यपि, सुदूरपश्चिम प्रदेशको सम्मेलन भने अझै अपूर्ण अवस्थामा रहेको छ । खुल्ला सत्र जेठ ३० र ३१ गते सम्पन्न भए पनि बन्द सत्र बिभिन्न कारणले हालसम्म सम्पन्न हुन सकेको छैन ।

यो ढिलाइले सुदूरपश्चिम प्रदेशका वाइसीएल नेता तथा कार्यकर्ताहरूमा अन्योल, असन्तोष र उपेक्षाको भाव पैदा हुनु स्वाभाविक हो । पार्टी र लिगका केन्द्रीय नेताहरूले समयमै प्रदेशको समस्यालाई सम्बोधन नगर्नु, कमिटी पूर्णतामा चासो नदिनु तथा समाधानतर्फ भन्दा पनि बेवास्ता गर्नु, एक प्रकारको राजनीतिक उपेक्षा हो भन्ने बुझाइ सुदूरपश्चिमका कार्यकर्ताहरूमा बढ्दै गएको छ ।

यतिबेला हामी सबैले सोच्नुपर्ने विषय के हो भने, पार्टीभित्र संगठन निर्माण नै मूल कर्तव्य हो कि नेता बन्ने होड ? असली कम्युनिष्ट कार्यकर्ता सधैं संगठनलाई प्राथमिकता दिन्छ, व्यक्तिलाई होइन । संगठन बलियो बन्यो भने नेतृत्व पनि स्वाभाविक रूपमा तयार हुन्छ । त्यसैले आजको आवश्यकता संगठनात्मक एकता, पारदर्शिता र सहभागिता मूलक निर्णय प्रक्रिया हो ।

सुदूरपश्चिम वाइसीएलका कार्यकर्ताहरूको आवाजलाई सुन्ने, बुझ्ने र समाधान गर्ने दायित्व पार्टी तथा संगठनका सम्पूर्ण पदाधिकारीहरूले लिने बेला यही हो । काठमाण्डौमै केन्द्रिय सम्मेलनका लागि केन्द्रित भएर प्रदेशहरूलाई बेवास्ता गर्नु, संगठनलाई कमजोर बनाउने कार्य भन्ने कार्यकर्ताहरूको बुझाई छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट