भिटिज भिसा प्रकरण : गृहमन्त्री लेखक प्रष्टिकरणका लागि पत्रकार सम्मेलन गर्दैं

भिटिज भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे गृहमन्त्री रमेश लेखकले स्पष्टिकरण दिने तयारी गरेका छन् ।
उनले प्रतिनिधिसभाको अवरोध हटे संसद् बैठकमार्फत्, नहटे पत्रकार सम्मेलनमार्फत् आफ्नो धारणा सार्वजनिक गर्ने योजना बनाएका छन्।
गृहमन्त्री निकट स्रोतका अनुसार, उनले संसद्मै आफ्नो पक्ष राख्न समय लिइसकेका छन् । तर प्रमुख प्रतिपक्षी दलसहितका विपक्षीहरुले लेखकको राजीनामा माग्दै निरन्तर संसद् अवरोध गरिरहेका छन् । यही कारणले गृहमन्त्रीको धारणा कहिलेसम्म सार्वजनिक हुने भन्नेमा अन्योल देखिएको छ ।
"सकेसम्म संसद् अवरोध हटाएर त्यहीँबाट सम्बोधन गर्ने तयारी छ," गृहमन्त्रीसँग निकट स्रोतले भन्यो, "तर यदि अवरोध कायम रह्यो भने पत्रकार सम्मेलन गरेर सत्यतथ्य सार्वजनिक गरिन्छ ।"
विपक्षी दलहरुले भिटिज भिसा प्रकरणमा गृह मन्त्रालयको संलग्नतामाथि प्रश्न उठाउँदै आएका छन् । सो प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै उनीहरुले संसद् सञ्चालनमा समेत अवरोध गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस