Techie IT
२०८२ जेष्ठ १७, शनिबार

जनताको अधिकार फेरि वंशमा केन्द्रित गर्ने प्रयास भइरहेको छ - प्रधानमन्त्री ओली


काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा जनताको निर्णय अधिकारलाई पुनः वंशमा केन्द्रित गर्ने प्रयास अझै भइरहेकाे भन्दै आपत्ति जनाएका छन् ।

टुँडिखेलमा आयोजित १८औं गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापनाले निरंकुश राजतन्त्रलाई परास्त गरेको ऐतिहासिक उपलब्धि स्मरण गरे । उनले भने, “इतिहासमा जनता र निरंकुश राजतन्त्रबीच संघर्ष र सम्झौताहरू भएका थिए । तर, ती सम्झौता बारम्बार तोडिए । अन्ततः जनताले नै गणतन्त्र स्थापना गरेर त्यसको अन्त्य गरेका हुन् ।”

प्रधानमन्त्री ओलीले अहिले पनि कतिपय शक्ति र सोचहरू जनताको मतभन्दा शाही इशारा ठूलो ठान्न खोजिरहेको आरोप लगाएका छन् । “स्वतन्त्रताको अभ्यासमा हुर्किएको आजको समाजले यस्तो कुरा किमार्थ स्वीकार गर्दैन,” उनले भने ।

उनले शाही शासनको लामो इतिहासलाई स्मरण गर्दै भने, “हजारौं शहीदको बलिदान र लाखौं नेपालीको सपनाभन्दा पनि दुई अढाई सय वर्षको बदनाम शासन ठूलो हुन सक्दैन। जनताको सपना अब दरबारको भित्तामा टाँस्सिन सक्दैन ।”

प्रधानमन्त्री ओलीले वर्तमान सार्वजनिक सूचना प्रणाली र खुला लोकतान्त्रिक अभ्यासले जनतालाई न्यायाधीश बनाइदिएको उल्लेख गर्दै भने, “आजको पारदर्शितामाथि प्रश्न उठाउनेहरू हिजोको अन्धकार युगको फोहोरलाई सफा देखाउने दुश्प्रयासमा छन् ।”

उनका अनुसार निरंकुश शासनमा गुपचुप भइरहने भ्रष्टाचार र अपराधहरू अब खुला समाजमा जनताको निगरानीमा छन्, जुन गणतन्त्रको एक महत्वपूर्ण विशेषता हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट