Techie IT
२०८२ जेष्ठ १७, शनिबार

आत्मनिर्भर नेपालका लागि संविधानको प्रभावकारी कार्यान्वयन आवश्यक — सभामुख भण्डारी


धनगढी, कैलाली । नेपालले २०८२ सालको गणतन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले शुभकामना सन्देश जारी गर्दै गणतन्त्र स्थापनाका लागि भएका संघर्ष र बलिदानको स्मरण गरेका छन् ।

सभामुख भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन तथा लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणमा जोड दिँदै नेपाललाई आत्मनिर्भर र स्वायत्त रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । गणतन्त्र दिवसले नेपाली जनताको अधिकार, स्वतन्त्रता, र समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्दै उनले सबै नागरिकलाई एकताबद्ध भएर राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिँदैछन् । सरकारी तथा गैरसरकारी संस्थाहरूले विशेष समारोह, सांस्कृतिक कार्यक्रम, तथा सम्मान कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट