Techie IT
२०८२ असार १, आइतबार

राजनीतिक स्थायित्व र विकासका लागि एमाले–कांग्रेस सहकार्य आवश्यक : उपमहासचिव ज्ञवाली


नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका लागि एमाले र नेपाली कांग्रेसबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै आज उनले यस्तो बताएका हुन् । उपमहासचिव ज्ञवालीले भने, “कांग्रेस र हामी मुख्य प्रतिस्पर्धी दल हौँ । लोकतन्त्रका स्टेक होल्डर पनि हौँ । प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्छौँ । मुलुकको बृहत्तर हितका लागि दुई दलबीच साझेदारी आवश्यक छ ।”

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि निजी क्षेत्रमा आशा बढेको र रोकिएका विकासका कामहरू अगाडि बढेको दाबी गरे । साथै संविधानलाई समयसापेक्ष लचिलो बनाउन परिमार्जन आवश्यक रहेको भन्दै सबै वामपन्थी दलबीच एकता हुनुपर्नेमा पनि उनले जोड दिए ।

सम्मेलनमा एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले लोकतान्त्रिक विधिअनुसार निर्वाचनमा प्रतिस्पर्धा हुनुपर्ने धारणा राखे । एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले न्यायालयप्रति जनविश्वास बढाउनेतर्फ पार्टी कार्यकर्ताले काम गर्नुपर्ने बताए ।

सङ्गठनका अध्यक्ष भोजराज आचार्यले पार्टीलाई कानुनसम्बन्धी सहयोग प्रदान गर्दै आएको जानकारी दिँदै सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने जनाए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट