Techie IT
२०८२ भाद्र ३१, मंगलबार

शिक्षा सुधारका लागि शीर्ष नेताहरूको प्रतिबद्धता आवश्यक छ : कांग्रेस नेता महर


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र समग्र शिक्षा प्रणाली सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक रहेको बताएका छन् ।

नेपाल पब्लिक क्याम्पस संघले ललितपुरमा आयोजना गरेको सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महरले सबै दलको शीर्ष नेतृत्वको सामूहिक प्रतिवद्धताबाट मात्र शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुने बताएका हुन्।

'शिक्षामा मनग्य लगानी गरेका देशहरूमा पनि आसातित प्रगति हासिल गर्न सकिएको छैन। हाम्रोमा त लगानी नै कम छ । यहीबीच नेपालका विश्वविद्यालयको कुरा गर्दा म नेविसंघको अध्यक्ष हुँदा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति खुला प्रतिष्पर्धाबाट हुनुपर्छ भनेर माग गरेका थियौं । त्यो माग सम्पूर्ण रुपले कार्यान्वयन नभए पनि बामे सरेर अगाडि बढेको छ', उनले भने।

कुनै विषय पनि राजनीतिबाट सम्पुर्ण रुपमा अलग त हुनै सक्दैन तर विश्वविद्यालयको शिक्षामा चरम दलियकरण हुनु हुदैन भन्नेमा भने आफू प्रष्ट रहेको महरले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट