Techie IT
२०८२ भाद्र ३१, मंगलबार

ताज बैंक्वेटमा आज विपद् सम्बन्धी अन्तरक्रिया हुदैँ, अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यता रहने


नेकपा (माओवादी केन्द्र) को केन्द्रीय विपद् व्यवस्थापन विभागले आज काठमाण्डौंको तिनकुनेस्थित ताज बैंक्वेटमा “नेपालमा विपद्को अवस्था र पूर्वतयारी” सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुने बताइएको छ।

नेपालमा प्रत्येक वर्ष प्राकृतिक विपद्का कारण हजारौंले ज्यान गुमाउने र खरबौं बराबरको धनमाल नष्ट हुने गरेको छ। यस्ता विपद्लाई आम नागरिक र राजनीतिक दलहरूले गम्भीरतापूर्वक बुझ्नुका साथै पूर्वतयारीमा सक्रिय हुनुपर्ने आवश्यकता रहेको विभागका सचिव नारायण काफ्लेले रैवारप्रेसलाई बताए।

उनका अनुसार उक्त कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रमुख आतिथिका रूपमा सहभागी हुनेछन्। साथै विभिन्न राजनीतिक दलका विपद् विभागका प्रतिनिधिहरू, सम्बन्धित सरकारी तथा निजी निकायहरू र सरोकारवालाहरूको पनि सहभागिता रहनेछ।

कार्यक्रममा विभिन्न विज्ञहरूले नेपालको विपद् अवस्थाबारे प्रस्तुति दिनेछन् भने सहभागीहरूले आफ्ना टिप्पणी र सुझाव राख्नेछन्। नेपालको विपद् न्यूनीकरणका लागि आवश्यक नीतिगत तथा संरचनागत सुधारबारे छलफल हुने आजको कार्यक्रम फलदायी हुने विश्वास विभागले व्यक्त गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट