Techie IT
२०८२ मंसिर २७, शनिबार

सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिनेः प्रधानमन्त्री


प्रधानमन्त्रीे केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसाग जोडिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतिक्षा पूरा हुन थालेको उल्लेख गरेका हुन् ।

“हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हुम्लामा सडक सञ्जाल पुर्‍याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदै छ ।  यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा  लेखेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट