Techie IT
२०८२ भाद्र ३०, सोमबार

स्वार्थीहरूलाई मात्रै महाधिवेशन लागेको छ - प्रधानमन्त्री ओली


प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र केही स्वार्थी तत्वहरूलाई महाधिवेशन लागेको भन्दै टिप्पणी गरेका छन्। 

चन्द्रागिरी नगरपालिका–१३, कङ्कालीमा राष्ट्रिय युवा संघद्वारा आयोजित जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले पार्टीको लक्ष्य ‘मिसन २०८४’ अन्तर्गत एकल बहुमत प्राप्त गर्नु रहेको स्पष्ट पारे।

उनले भने, "हामी अर्जुन दृष्टिका साथ मिसन २०८४ को अभियानमा छौं । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस्तो बेला महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन । कार्यकर्तालाई महाधिवेशन लागेको छैन, केही स्वार्थीहरूलाई मात्रै लागेको हो ।"

प्रधानमन्त्री ओलीले यस वर्षको एसईई परीक्षामा १४ प्रतिशतले बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्दै, आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने बताए । उनले मौका परीक्षामा सहभागी हुने र आगामी एसईईका लागि देशभर निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने पनि जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट