Techie IT
२०८२ भाद्र ३१, मंगलबार

चितवनमा रवि लामिछाने माथि ढुंगामुढा प्रहार, ४ जना घाईते


चितवन, नारायणगढस्थित नारायणी कला मन्दिरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको कार्यक्रममा सहकारीपीडित र रास्वपा कार्यकर्ताबीच झडप भएको छ। झडपका क्रममा ढुंगा हानाहान हुँदा चारजना सहकारीपीडित घाइते भएका छन्।

झडपको कारण

सहकारी पीडितहरू आफ्नो गुनासो र माग राख्न कला मन्दिरभित्र छिर्न खोज्दा रास्वपा कार्यकर्ताले उनीहरूलाई गेटमा रोकेका थिए। यस क्रममा तनाव उत्पन्न भएपछि रास्वपाका कार्यकर्ताले सहकारीपीडितहरूलाई ढुंगा प्रहार गरेका थिए। प्रतिक्रिया स्वरूप सहकारीपीडितहरूले कार्यक्रम स्थललाई लक्षित गरी ढुंगा र पानीका बोतल प्रहार गरे। सहकारीपीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीका अनुसार झडपमा चारजना घाइते भएका छन्, जसमा एकजनाको आँखाको माथिल्लो भागमा गम्भीर चोट लागेको छ।

घटनास्थलमा तत्कालै प्रहरी परिचालित भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिँदै झडपमा संलग्न चारजनालाई नियन्त्रणमा लिएको थियो, उनिहरु लाई साँझपख रिहा गरिएको थियो। रास्वपाले भने यो झडप सहकारीपीडितहरूको कारण नभई नेपाली कांग्रेस र एमालेका कार्यकर्ताहरूले निम्त्याएको आरोप लगाएको छ।

घटनापछि सभापति रवि लामिछानेले भरतपुर विमानस्थलमा जम्मा भएका आफ्ना कार्यकर्ताहरूलाई सम्बोधन गर्दै यो घटना आफूलाई विरोध गर्ने होइन, बरु आफू र आफ्नो पार्टीमाथि विश्वास राखेर सहकारीपीडितहरू उपस्थित भएको बताएका छन्। उनले भने, “सहकारीपीडितहरू न्याय माग्नका लागि हामीकहाँ आएका छन्, यो घटनालाई हामीले सकारात्मक रूपमा लिनुपर्छ। उहाँहरूले हामीमाथि आक्रोश होइन, आशा देखाउनुभएको हो।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट