Techie IT
२०८२ भाद्र ३०, सोमबार

संसदमा भोलि प्रचण्ड बोल्दै, माओवादीका सांसदहरूलाई उपस्थितिका लागि निर्देशन


प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार (असार ३०) प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रचण्डको सम्बोधनका लागि माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन् ।

पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरूलाई सम्बोधन गर्दै, “भोलि असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष मा. प्रचण्डज्यूले प्रतिनिधि सभामा बोल्दै हुनुहुन्छ,” भनेर सूचना पठाएका हुन्।

प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने कार्यक्रम तय गरिएको छ। प्रचण्डको सम्बोधनमा दलको आधिकारिक धारणा, समसामयिक राजनीतिक अवस्था र सरकारको कार्यशैलीप्रति टिप्पणी हुने अनुमान गरिएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट