Techie IT
२०८२ भाद्र ३०, सोमबार

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई राजीनामा दिन निर्देशन

अडियो सार्वजनिक भएपछि गुप्ताको घुस प्रकरण संघीय संसद् हुँदै राष्ट्रिय बहसको विषय बनेको छ।


प्रधानमन्त्री केपी शर्मा ओलीले घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राजीनामा दिन निर्देशन दिएका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले मन्त्री गुप्तासँग राजीनामाको आग्रह गरेका हुन्। झापाबाट फर्केपछि ओलीले मन्त्री गुप्तालाई बिहानै भेटी निर्देशन दिएका थिए ।

करिब छ महिनाअघि (पुस महिनामा) भएको भनिएको घुस प्रकरणको अडियो केही दिनअघि मात्रै सार्वजनिक भएको थियो। सार्वजनिक अडियोमा घुसको लेनदेनसम्बन्धी संवाद रहेको र त्यससँग सम्बन्धित नोट तथा नम्बरसहितको डायरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको बताइएको छ ।

अडियो सार्वजनिक भएपछि गुप्ताको घुस प्रकरण संघीय संसद् हुँदै राष्ट्रिय बहसको विषय बनेको छ। प्रधानमन्त्री ओलीले यस विषयलाई गम्भीर रुपमा लिँदै मन्त्रीमाथि कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट