Techie IT
२०८२ असार ३२, बुधबार

म महाधिवेशनमा सहभागी हुने विषय केन्द्रीय कमिटी बैठकले निर्धारण गर्छ : पूर्व राष्ट्रपति भण्डारी


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को विधान महाधिवेशनमा आफ्नो भूमिकाबारे पार्टीको केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने बताएकी छन् ।

मदन भण्डारी फाउण्डेशनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा आफू एमाले पार्टीको सक्रिय राजनीतिकमा क्रियाशील भइसकेकाले विधान महाधिवेशनमा सहभागी हुने कुरा केन्द्रीय कमिटी बैठकले तय गर्ने बताएकी हुन् ।

“पार्टीभित्रको कुन संरचनामा के भूमिका हुने भन्ने कुरा पार्टीको माथिल्लो तहको नेतृत्वले तय गर्ने छ । महाधिवेशन नहुँदाको अवस्थामा केन्द्रीय कमिटी नै सर्वोच्च अङ्ग हुन्छ”, उनले भनिन्, “विधान महाधिवेशनमा मेरा उपस्थिति कसरी गराउनहुन्छ भन्ने कुरा केन्द्रीय कमिटीमा नै भरपर्ने कुरा हो । प्रतिनिधिका रूपमा हुन्छ वा आमन्त्रित सदस्यको रूपमा कसरी गराउनुहुन्छ यसमा मेरो कुनै यस्तो यही गर्नुपर्छ भन्ने छैन ।”

जबजको विजारोपण सुदृढीकरण र त्यसलाई सिद्धान्तलाई अगाडि बढाउने कुरा मदन भण्डारीले गरे पनि रहस्यम निधन भएकाले लागू गर्न नपाएको उल्लेख गर्दै उनले भनिन्, “तर, पनि पार्टी अगाडि बढ्यो । पार्टीले आफ्नो सिद्धान्त अनुसार अगाडि बढ्दै जाँदा यो ठाउँसम्म आइपुगेको छ ।” उनले पार्टी जनताको तहमा काम गरेअनुसार विधान महाधिवेशनमा प्रतिनिधित्वको सहभागी हुनुपर्नेमा बताएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले संसद् विघटन संविधानअनुसार नै तत्कालीन मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको आधारलाई कार्यान्वयन गरेको बताएकी छन् ।

फाउण्डेशनका अध्यक्ष भण्डारीले मदन भण्डारीप्रति सच्चा सम्मान गर्न, एमाले पार्टीको सङ्गठन र जबज विस्तारको माध्यम जन्मजयन्ती हुने बताए । उनका अनुसार जन्मजयन्ती २०८२ र २०८३ सालभरि विचार गोष्ठी, छलफल तथा अन्तरक्रिया, कविता, वादविवाद, हाजिरीजवाफ, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीलगायतका क्रियाकलाप गरी देशभरि नै मनाइने छ । जन्मजयन्तीको समापन समीक्षासहित २०८४ सालमा गरिनेछ ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मनाउनका लागि बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ७५ सदस्यीय मूल व्यवस्थापनि समिति गठन गरिएको छ ।

फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीका अनुसार जनताको बहुदलीय जनवाद (जबज) का विषयमा टोलटोलसम्म जानकारी गराउनका लागि गठित समितिको सहसंयोजकमा सुशील प्याकुरेल, प्रा डा गणेशमान गुरुङ र सचिवमा डा भेषराज अधिकारी रहनुभएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट