Techie IT
२०८३ असोज ६, मंगलबार

यी चार जिल्लामा शनिबार १२ घण्टा विद्युत आपूर्ति बन्द हुने


नेपाल विद्युत प्राधिकरणले पूर्वी नेपालका विभिन्न जिल्लामा शनिबार १२ घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार शनिबार बिहान ४:०० बजे देखि दिउँसो ४:०० बजेसम्म विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द हुनेछ। यसबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रहरू प्रभावित हुनेछन्।

लाइन काटिनुको कारण
मोरङस्थित केरौन १३२/३३ केभी सबस्टेसनका उपकरणहरूको परीक्षण तथा सञ्चालन (टेस्टिङ एन्ड कमिसनिङ) कार्य गर्नुपर्ने भएकाले यो अवरोध सिर्जना भएको हो। साथै, दुहबी–दमक १३२ केभी प्रसारणलाइनअन्तर्गत केरौनस्थित टावर नं. ६८ र ६९ बीच डेड एन्ड टावर जडान गर्ने कार्यसमेत गरिने भएकाले सो अवधिभर अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द गर्नुपरेको प्राधिकरणले स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट