नेपाली टिम अन्तर्राष्ट्रिय एबीयू एशिया-प्यासिफिक रोबोट प्रतियोगितामा सहभागी
नेपालको टोली भियतनाममा एबीयू एशिया-प्यासिफिक रोबोट प्रतियोगितामा सहभागी हुन गएको छ
नेपालको टोली भियतनाममा एबीयू एशिया-प्यासिफिक रोबोट प्रतियोगितामा सहभागी हुन गएको छ। यो रोबोट प्रतियोगिता २००२ मा सुरु भएको थियो। एशिया-प्यासिफिक प्रसारण संघले यो प्रतियोगिताको आयोजना गरिरहेको छ।
यो प्रतियोगिताको उद्देश्य २१ औं शताब्दीमा आफ्नो देशको नेतृत्व गर्ने समान चासो भएका युवाहरू बीच मित्रता सिर्जना गर्नु र क्षेत्रका इन्जिनियरिङ र प्रसारण प्रविधिहरूलाई प्रगति गराउनु हो।प्रतियोगितामा कंबोडिया, चीन, इजिप्ट, हङकङ-चीन, भारत, इन्डोनेसिया, जापान, मलेसिया, मंगोलिया, नेपाल, थाइल्याण्ड र भियतनामका १२ देशका विद्यार्थीहरू सहभागी हुँदैछन्।
पुल्चोक क्याम्पसका ६ विद्यार्थी र नेपाल टेलिभिजनका वरिष्ठ प्रसारक विजय बर्मा प्रतियोगितामा सहभागी हुँदैछन्।



तपाईको प्रतिक्रिया दिनुहोस