Techie IT
२०८३ असोज २८, बुधबार

टप एन्ड टी–२० सिरिज: पहिलो हार बिर्सदै नेपाल ‘ए’ आज बङ्गलादेशविरुद्ध भिड्ने


अष्ट्रेलियामा जारी 'टप एन्ड टी–२० सिरिज' अन्तर्गत नेपाल ‘ए’ ले आज बङ्गलादेश हाई–परफर्मेन्स टिमसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको नेपाल ‘ए’ आजको खेलमा पुनरागमन गर्दै पहिलो जित दर्ता गर्ने बलियो लक्ष्यमा छ।

डार्विनस्थित मारारा ओभलमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाली टोली आजको खेलमा ब्याटिङ र बलिङ दुवै क्षेत्रमा सुधार गर्दै बङ्गलादेश हाई–परफर्मेन्सलाई कडा चुनौती दिने तयारीमा छ। प्रतियोगिताको सुरुआतमै हार बेहोरे पनि नेपालसँग लिग चरणमा आफ्नो प्रदर्शन सुधार्दै अघि बढ्ने पर्याप्त अवसरहरू बाँकी छन्।

यसअघि गत वर्षको टप एन्ड टी–२० सिरिजमा पनि नेपालले बङ्गलादेश ‘ए’ विरुद्ध खेलेको थियो, जहाँ नेपाली टोली २९ रनले पराजित भएको थियो। यसपटक सोही हारको बदला लिँदै प्रतियोगितामा पहिलो अङ्क जोड्ने दाउमा नेपाली टोली मैदान उत्रनेछ। यस प्रतियोगितामा प्रत्येक टोलीले लिग चरणमा छ वटा खेल खेल्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट