Techie IT
२०८२ कार्तिक २८, शुक्रबार

नेपाल प्रिमियर लिगका खेलहरु स्टार स्पोर्ट्स बाट प्रसारण हुने सम्भावना

स्पोर्ट्स नेटवर्कसँग प्रसारण अधिकारका लागि अन्तिम चरणको छलफल भइरहेको छ।


नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजना गरिन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको प्रसारण अधिकारका लागि भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कले चासो देखाएको छ। 

एनपिएलको स्ट्राटेजिक र कमर्सियल अधिकार लिएको ब्राण्ड लजिकका अनुसार, स्टार स्पोर्ट्स नेटवर्कसँग प्रसारण अधिकारका लागि अन्तिम चरणको छलफल भइरहेको छ।

ब्राण्ड लजिकका प्रमुख कार्यकारी अधिकारी रोशन निरौलाले प्रसारण अधिकारका लागि भइरहेको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र छिट्टै सकारात्मक नतिजा आउने बताएका छन्। 

उनले भने, “नेपाली क्रिकेट फ्यानहरूको खेल हेर्दाको अनुभवलाई उत्कृष्ट बनाउने हाम्रो प्राथमिकता हो। एनपिएललाई विश्वस्तरीय लिग बनाउन राम्रो क्वालिटीको उत्पादन र प्रसारण महत्त्वपूर्ण हुन्छ। यही उद्देश्यले हामी स्टार स्पोर्ट्सजस्ता अनुभवी कम्पनीहरूसँग छलफलमा थियौं।”

एनपिएल लिगका सबै खेलहरु मंसिर १५ देखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछन्, जसमा आठ टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। 

यदि स्टार स्पोर्ट्ससँगको सम्झौता भयो भने, नेपाली क्रिकेट दर्शकहरूले पहिलो पटक एनपिएललाई अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्ममा हेर्न पाउनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट