Techie IT
२०८२ श्रावण २९, बिहीबार

ट्रम्पको कडा कदम : वासिङ्टन डीसी संघीय नियन्त्रणमा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टन डीसीलाई केन्द्र सरकारको प्रत्यक्ष नियन्त्रणमा लिने घोषणा गरेका छन्।

उनका अनुसार, बिग्रँदो शान्ति–सुरक्षाको अवस्थालाई सुधारेर पुनः सन्तुलनमा ल्याउने उद्देश्यले यो कदम चालिएको हो। सोमबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले ‘डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल एक्ट’ को धारा ७४० लागू गरेको जानकारी दिएका छन्। यससँगै डीसी महानगरीय प्रहरी प्रत्यक्ष संघीय नियन्त्रणमा सञ्चालन हुने भएको छ।

ट्रम्पले भने, “हाम्रो राजधानी हिंसात्मक गिरोह र अपराधीहरूले घेरेको छ । सन् २०२४ मा हिंसात्मक अपराध ३० वर्षकै उच्चस्तरमा पुगेको छ। हामी नेशनल गार्डको सहयोगमा कानून र व्यवस्था पुनर्स्थापित गर्नेछौं ।”

यो वर्ष मात्र वासिङ्टन डीसीमा ९८ जनाको हत्या भएको छ भने जातीय द्वन्द्वका कारण ३ हजार ७८२ जना घरबारविहीन भएका छन्।

ट्रम्पले सन् १९७० को ‘होम रुल’ ऐन प्रयोग गरेको बताए, जसले आपतकालीन अवस्थामा राष्ट्रपतिलाई ४८ घण्टासम्म सहरको प्रहरी नियन्त्रणमा लिन अधिकार दिन्छ। कानुनअनुसार, लामो समयसम्म नियन्त्रण कायम राख्न संसदको स्वीकृति आवश्यक हुन्छ। साथै, वासिङ्टन डीसी सम्बन्धी कानुन निर्माण गर्ने संसदीय समितिका अध्यक्ष र सदस्यलाई जानकारी दिनुपर्ने प्रावधान छ।

हाल ट्रम्पले यसबारे औपचारिक जानकारी दिएका छन् वा छैनन् भन्ने स्पष्ट भइसकेको छैन। नियमअनुसार, ३० दिनभन्दा बढी समयसम्म सहरको नियन्त्रण कायम राख्न कानुन पारित गर्नुपर्ने हुन्छ।

यससँगै, ट्रम्पले ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डीईए) का प्रमुख टेरी कोललाई मेट्रोपोलिटन पुलिस प्रमुखको रूपमा नियुक्त गर्ने घोषणा गरेका छन्। यो हाल अस्थायी पद हुनेछ।

ट्रम्पले कोललाई “देशका उत्कृष्ट अधिकारीहरूमध्ये एक” भन्दै प्रशंसा गरेका छन् र विभागलाई कडाइका साथ सञ्चालन गर्न निर्देशन दिएका छन्। हाल वासिङ्टन डीसीको मेट्रोपोलिटन पुलिसका प्रमुख एमिटिभस जोनसन रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट