Techie IT
२०८२ भाद्र ४, बुधबार

भारत–चीनबीच लिपुलेक हुँदै पुनः सीमा व्यापार गर्ने सहमति, नेपाल हेरेकोहेर्‍यै


चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भारत र चीनबीच लिपुलेक पास हुँदै सीमा व्यापार पुनः सुरु गर्ने सहमति भएको छ।

भारतीय विदेशमन्त्री एस. जयशंकरसँग मंगलबार नयाँदिल्लीमा भएको द्विपक्षीय वार्तामा यो सहमति भएको हो। उक्त सहमति दुई दिने भारत भ्रमणपछि सार्वजनिक गरिएको १२ बुँदे विज्ञप्तिको बुँदा नम्बर ९ मा उल्लेख छ। त्यहाँ भनिएको छ– “दुवै पक्ष तोकिएका तीन व्यापारिक नाकाहरू लिपुलेक पास, शिप्की ला पास र नाथुला पासमार्फत सीमा व्यापार पुनः सुरु गर्न सहमत भए।”

यसअघि सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा पनि लिपुलेक पासमार्फत व्यापार विस्तार गर्ने सहमति भएको थियो। तर, त्यो बेला नेपाललाई जानकारी नदिई नेपालको भूभाग प्रयोग गरेर गरिएको सहमतिप्रति नेपालले तीव्र आपत्ति जनाएको थियो। नेपाल सरकारले तत्कालै दुवै देशलाई कूटनीतिक नोट पठाउँदै आफ्नो विमति प्रष्ट पारेको थियो।

लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट करिब ५६ किलोमिटर भित्रको भूभाग हो। नेपालले २०७७ जेठमा सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नै भूभागका रूपमा प्रष्ट रूपमा देखाएको छ। तर, चीनले सन् २०२३ मा जारी गरेको नक्सामा भने ती क्षेत्र भारततर्फ देखाइएको थियो।

भारत र चीनबीच २०२० को गलवान झडपपछि सम्बन्ध चिसिएको थियो। तर पछिल्ला वर्षहरूमा सम्बन्ध सुधार गर्ने प्रयत्नस्वरूप उच्चस्तरीय वार्ताहरू भइरहेको बेला दुवै देशले फेरि एक पटक नेपालको भूमि हुँदै सीमा व्यापार खोल्ने सहमति गरेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट