कान्दाहारमा ५ महिनामै २७ टनभन्दा बढी लागुऔषध ध्वस्त
अफगानिस्तानको कान्दाहार प्रान्तमा पछिल्लो पाँच महिनाको अवधिमा २७ टनभन्दा बढी लागुऔषध नष्ट गरिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।
प्रान्तीय प्रहरीका प्रवक्ता मुल्ला असदुल्लाह जमसिदका अनुसार जफत गरिएका लागुऔषधमध्ये दुई हजार ७६६ किलोग्राम अफिम, नौ हजार ६६४ किलोग्राम मेथाम्फेटामाइन, ९९३ किलोग्राम गाँजा, एक किलोग्राम हेरोइन तथा अवैध लागूपदार्थ उत्पादनमा प्रयोग हुने १०० किलोग्राम कच्चा पदार्थ रहेका छन्।
वरिष्ठ प्रान्तीय विभागका प्रतिनिधिहरू सम्मिलित समितिको निगरानीमा अर्घान्दब जिल्लाको तोरा क्षेत्रमा ती लागुऔषध नष्ट गरिएको जनाइएको छ।
यसअघि पनि प्रान्तको एन्टी–नार्कोटिक्स युनिटले सोही निर्देशनअनुसार थप ४७ हजार किलोग्राम विभिन्न प्रकारका लागुऔषध नष्ट गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस