लण्डनलगायत तीन सहरमा आतङ्कवादविरोधी कारबाही, आठ जना पक्राउ

बेलायती प्रहरीले आतङ्कवादविरोधी दुई छुट्टाछुट्टै अनुसन्धानमा सात इरानी नागरिकसहित आठ जनालाई पक्राउ गरिएको जनाएको छ । लण्डनको महानगरीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एउटा अपरेसनमा चार जना इरानीसहित पाँच जनालाई ’आतङ्कवादी गतिविधिको तयारी गरेको’ आशङ्कामा पक्राउ गरिएको छ ।”
लण्डन, स्विन्डन र ग्रेटर म्यानचेस्टर क्षेत्रमा ‘आतङ्कवादी अपराध’ गर्न खोजेको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको हो । ती पुरुष २९ देखि ४६ वर्ष उमेर समूहका रहेका र उनीहविरूद्ध आतङ्कवादविरोधी प्रहरीले शनिबार ‘कुनै खास परिसरलाई निशाना बनाउने शंकास्पद षडयन्त्र’ गरेको आरोपमा पक्राउ गरेको थियो ।
चारै जना इरानी नागरिकलाई आतङ्कवाद ऐनअन्तर्गत पक्राउ गरिएको थियो भने पाँचौं व्यक्ति, जसको राष्ट्रियता अझै पुष्टि हुने काम भइरहेको छ, लाई प्रहरी र आपराधिक प्रमाण ऐन अन्तर्गत हिरासतमा लिइएको हो ।
गृहमन्त्री यवेट कूपरले ‘राष्ट्रिय सुरक्षा खतरा’ प्रति बेलायतको प्रतिक्रियाको एक हिस्साका रूपमा यी ‘गम्भीर अभियान’ चालिएको बताएका छन् ।
महानगरीय प्रहरीका आतङ्कवाद विरोधी प्रमुख डोमिनिक मर्फीले भने, “यो द्रुत गतिमा चलिरहेको अनुसन्धान हो र हामी प्रभावित स्थलमा रहेका व्यक्तिहरूसँग नजिकबाट काम गरिरहेका छौँ ताकि उनीहरूलाई अद्यावधिक राख्न सकियोस्।”
उनले भने, ‘अनुसन्धान अझै प्रारम्भिक चरणमा छ र हामी कुनै सम्भावित उत्प्रेरणा स्थापित गर्न र यस मामिलासँग सम्बन्धित जनतामा थप जोखिम हुन सक्छ कि भनेर पहिचान गर्न विभिन्न प्रकारका अनुसन्धानको खोजी गरिरहेका छौँ ।
यसैबीच शनिबार लण्डनमा आतङ्कवाद विरोधी प्रहरीले चलाएको अर्को कारबाहीमा इरानी नागरिकसहित अन्य तीन जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरीले लण्डनमा पक्राउ परेका तीनै जना ‘शुक्रबार पाँच जनालाई पक्राउ गरिएको घटनासँग सम्बन्धित नभएको’ पुष्टि गरेको छ ।
उनीहरू ३९, ४४ र ५५ वर्षका पुरुष् व्यक्ति रहेको र उनीहरूलाई राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत पक्राउ गरिएको थियो । विदेशी हस्तक्षेप र जासुसीलगायत ‘राज्यका खतरा’लाई रोक्न कानुन प्रवर्तनका लागि प्रहरीलाई थप अधिकार दिएको छ ।
कूपरले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रहरीलाई धन्यवाद दिएका छन् । “यी गम्भीर घटनाहरू हुन् जसले राष्ट्रिय सुरक्षा खतराहरूको लागि हाम्रो प्रतिक्रिया अनुकूलन गर्न जारी आवश्यकतालाई प्रदर्शन गर्दछ,” कूपरले पीए न्यूज एजेन्सीसँग भनेका थिए ।
उनले भने, “देशलाई सुरक्षित राख्न आवश्यक सबै कार्य र सुरक्षा मूल्याङ्कनलाई समर्थन गर्न सरकारले प्रहरी र गुप्तचर निकायहरूसँग काम गरिरहेको छ।”
तपाईको प्रतिक्रिया दिनुहोस