Techie IT
२०८२ कार्तिक २५, मंगलबार

भारतको सैन्य कारबाही लाई किन भनियो ‘अपरेसन सिन्दूर’?


आक्रमण पछि लाहोरबाट झण्डै ३० किलोमिटर टाढा पर्ने मुरिदकेमा आफ्नो घर खाली गरी सुरक्षित स्थानमा पुगेको एक परिवार । AFP

भारतले पाकिस्तानमाथि सुरु गरेको पछिल्लो सैन्य कारबाहीलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको छ । यो नामले केवल सैन्य रणनीति मात्र होइन, सांस्कृतिक र भावनात्मक सन्देश पनि बोकेको देखिन्छ ।

सैन्य कारबाहीहरूमा नामकरण एउटा मनोवैज्ञानिक र प्रतीकात्मक अभ्यास हो । यस्तो नामले सैनिकहरूलाई उद्देश्यप्रति प्रेरित गर्नुका साथै जनतालाई भावनात्मक रूपमा जोड्ने काम गर्छ । भारतले यसपटकको कारबाहीको नाम ‘सिन्दूर’ राख्नुको पछाडि पनि त्यस्तै मनोविज्ञान छ ।

२२ अप्रिलमा भारतीय क्षेत्र पहलगाममा भएको आतंकवादी आक्रमणमा एक जना नेपालीसहित २६ जनाको ज्यान गएको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा मारेिएका पुरुषहरूका श्रीमतीहरूको सिन्दूर पुछिएको प्रतीकको रूपमा भारतले उक्त कारबाहीको नाम ‘अपरेसन सिन्दूर’ राखेको हो । हिन्दू परम्परामा सिन्दूर विवाहको प्रतीक हो र श्रीमानको मृत्यु भएपछि महिलाले सिन्दूर लगाउन छाड्ने चलन छ ।

यसरी, आतंकवादी आक्रमणमा श्रीमान गुमाएका महिलाहरूको पीडालाई बलियो भावनात्मक प्रतीक बनाउँदै भारतले कारबाहीको नाम 'सिन्दूर' राखेको बताइएको छ । यस नाममार्फत् भारतले एक किसिमको सांस्कृतिक न्यायको सन्देश दिन खोजेको छ ।

यद्यपि यो नाम भारतीय सरकारले औपचारिक रूपमा पुष्टि गरेको छैन । तर एबीपी न्यूज र अलजजिराजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नामकरणलाई पहलगामको त्रासदीसँग जोडेर व्याख्या गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट