Techie IT
२०८२ वैशाख २५, बिहीबार

पाकिस्तानी आक्रमणमा भारतीय सैनिकको मृत्यु


पाकिस्तानी सेनाको गोलीबारीमा परी भारतीय सेनाका लान्स नायक दिनेश कुमार मारिएका छन् । भारतीय सेनाको ह्वाइट नाइट कोर युनिटका अनुसार, ५ फील्ड रेजिमेन्टमा कार्यरत कुमारले मे ७ मा आफ्नो ज्यान गुमाएका हुन् ।

कश्मीरको पहलगाम क्षेत्रमा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएपछि भारतले त्यसको बदलास्वरूप मंगलबार रातिदेखि पाकिस्तान विरुद्ध ‘अपरेसन सिन्दूर’ नाम दिइएको हवाई हमला सुरु गरेको थियो । भारतीय एयर स्ट्राइकमा पाकिस्तानको दाबीअनुसार ३१ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते छन् ।

भारतले पाकिस्तान नियन्त्रित कश्मीरका ५ स्थान र पाकिस्तान भित्रैका ४ स्थान गरी ९ वटा ठाउँमा हमला गरेको बताइएको छ । बहावलपुरस्थित जैश-ए-मोहम्मदको आधारशिविरमा भएको बम आक्रमणमा उक्त संगठनका कमाण्डर मसुद अजहरका परिवारका १० सदस्य मारिएको पुष्टि संगठनले नै गरेको छ ।

हवाई आक्रमणपछि सीमाक्षेत्रमा दुवैतर्फबाट गोलाबारी जारी छ । अन्धाधुन्ध आक्रमणका कारण सयौं सर्वसाधारणले भूमिगत बंकरहरूमा शरण लिएका छन् वा सुरक्षित स्थानतर्फ पलायन गरेका छन् । आक्रमणबाट घर, सवारीसाधन, धार्मिक स्थललगायत संरचनाहरूमा ठूलो क्षति पुगेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट