Techie IT
२०८२ वैशाख २५, बिहीबार

पाकिस्तानको जवाफी आक्रमण : भारतीय सीमामा बमबारी, १५ को मृत्यु


भारतले पाकिस्तानमाथि गरेको सैन्य कारबाही ‘अपरेसन सिन्धूर’को प्रतिक्रियामा पाकिस्तानले आज जवाफी कारबाही थालेको छ । यस क्रममा पाकिस्तानले भारतसँग सिमाना जोडिएका जम्मु–कश्मीर नजिकका गाउँहरूमा बमबारी गरेको हो ।

पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार सीमावर्ती क्षेत्रमा भएको गोलीबारी र बमबारीमा हालसम्म कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । मृतकमध्ये चार जना बालबालिका र एक जना भारतीय सैनिक रहेका भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

सैन्य तनाव तीव्र बनेपछि भारतले वायु, स्थल तथा जल सेनालाई हाई अलर्टमा राखेको छ । भारतको रक्षा मन्त्रालयले पाकिस्तानबाट थप आक्रमणको सम्भावना औँल्याउँदै सम्पूर्ण सुरक्षाबललाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले भारतले गरेको कारबाहीको जवाफस्वरूप पाकिस्तानले कारबाही सुरु गरेको पुष्टि गरेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट