Techie IT
२०८२ कार्तिक २५, मंगलबार

रूसमा अन्तर्राष्ट्रिय सहभागितासहित ऐतिहासिक सैन्य परेड सम्पन्न


AP

रूसले सोभियत सङ्घको ‘ग्रेट प्याट्रियोटिक युद्ध’ को ८०औं विजय दिवस मनाउन मस्कोको रेड स्क्वायरमा भव्य सैन्य परेड आयोजना गरेको थियो ।

उक्त परेडको शुभारम्भ रूसी राष्ट्रिय झण्डाबाट गरिएको थियो । कार्यक्रममा १३ मित्र राष्ट्रका सैन्य टोलीहरूले सहभागिता जनाएका थिए भने २० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ विशिष्ट व्यक्तिहरूको आफ्नो उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विजय दिवसलाई राष्ट्रको गौरव, बलिदान र ऐतिहासिक स्मृतिको प्रतीकका रूपमा स्मरण गरेका थिए । उनले द्वितीय विश्वयुद्धको यथार्थ इतिहासको संरक्षणको आवश्यकता औंल्याउँदै त्यसलाई विकृत गर्न खोज्ने प्रयासहरूलाई दृढतापूर्वक अस्वीकार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपति पुटिनले मित्र राष्ट्रहरूका सैनिक, प्रतिरोध आन्दोलनका सदस्यहरू, चिनियाँ जनताको अद्भुत साहस र योगदानप्रति विशेष कृतज्ञता प्रकट गरेका थिए ।

रूसी सेनाका कमान्डर जनरल ओलेग साल्युकोवको नेतृत्वमा सम्पन्न परेडमा ११ हजार भन्दा बढी सैन्यकर्मी तथा १८३ थान सैन्य उपकरणहरूको प्रदर्शन गरिएको थियो । प्रदर्शनमा ऐतिहासिक टी–३४ ट्याङ्क, यार्स अन्तरमहादेशीय क्षेप्यास्त्र प्रणाली, टोर्नाडो–एस रकेट प्रणाली, एस–४०० वायु सुरक्षा प्रणालीका साथै ल्यान्सेट र गेरान ड्रोनहरू समावेश थिए ।

समारोहपश्चात राष्ट्रपति पुटिन तथा सहभागी विदेशी अतिथिहरूले अलेक्जेन्डर गार्डेनस्थित अज्ञात सैनिकको समाधिमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट