Techie IT
२०८२ असार १२, बिहीबार

मेक्सिकोमा घरमै भीषण हमला, १० जनाको मृत्यु


मेक्सिकोको गुआनावाटो राज्यस्थित इरापुआटो शहरमा मंगलबार राति एक घरमा सशस्त्र समूहद्वारा गरिएको आक्रमणमा १० जनाको ज्यान गएको पुष्टि गरिएको छ । पीडितहरूमध्ये केही बालबालिका पनि रहेका छन् ।

नगरपालिकाले जारी गरेको विज्ञप्तिमा केही व्यक्तिहरू घाइते भएको र उनीहरूको उपचार भइरहेको जनाइएको छ। राष्ट्रपति क्लाउडिया शेइनबाउमले बिहानको पत्रकार सम्मेलनमा घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई ‘निन्दनीय’ भन्दै दोषीको पहिचान र कारबाहीका लागि अनुसन्धान सुरु गरिएको जानकारी दिएकी छन् ।

गुआनावाटो राज्य, जुन औद्योगिक केन्द्र र प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनिन्छ, पछिल्ला वर्षहरूमा आपराधिक गिरोहबीचको हिंसाले गम्भीर असर पारेको छ । सरकारी तथ्यांकअनुसार, गत वर्ष राज्यभित्र तीन हजार भन्दा बढी हत्या भएका थिए ।

स्थानीय सुरक्षासम्बन्धी निकायहरूका अनुसार यस क्षेत्रमा सान्ता रोजा डे लीमा गिरोह र जलिस्को न्यू जेनेरेशन कार्टेलबीचको द्वन्द्व प्रमुख कारण मानिएको छ ।

सन् २००६ यता लागूऔषधसँग सम्बन्धित हिंसात्मक घटनाहरूले मेक्सिकोमा करिब चार लाख ८० हजार जनाको ज्यान लिइसकेको छ भने एक लाखभन्दा दुई बढी व्यक्ति हालसम्म बेपत्ता छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट